नारी एक जगत जननी, आधुनिक नारि दिवस फेसन साे मै सिमित नहोस !!!


[ss_social_share]
लेखक : लेखापढी      २४ फाल्गुन २०७७, सोमबार ०४:०८ मा प्रकाशित     
नारी एक जगत जननी, आधुनिक नारि दिवस फेसन साे मै सिमित नहोस !!!
ब्रमाण्डिय स्वरुपसंगै श्रृष्ठिकाे सुरुवाति चरणदेखि नै बिभिन्न प्राणि जगतलाई दुई स्वरुप दिईयाे जसमा पुलिङ्ग र स्त्रिलिंग ।
प्राणि जगतकै सबैभन्दा अति चेतनसिल प्राणि मध्यकै मनुष्य समय संगै विभिन्न युगहँदै आउने क्रममा नर -नारी अर्थात महिला -पुरुष २ बर्गमा बिभाजन प्राकृतिक हिसाबले नै छुट्याउदै आएकाे कुरा बास्तबिक यथार्थ हाे ।
बिभिन्न युग हुँदै अहिले काे २१औ शताब्दीकाे बिज्ञान र प्रबिधिकाे युगसम्म आईपुग्दा बिशेषगरि पुरातनवादी सस्कार ,सभ्यता र रितिरिवाज भन्दा अलि बेग्लै तरिकाले राजनैतिक प्रभाबकाे कारणले नारि अर्थता महिला दिबशकाे रुपमा मनाउँदै आएकाे प्रचलन हामी कहाँ पनि निरन्तर केहि बर्ष यता कायमै छ । बिशेषगरि राजनैतिक हाेडबाजिकाे कारण अहिलेकाे युगसम्म आईपुग्दा विश्व मानब समाज मुख्यगरि दुई काेणमा आएर खडा भएकाे बुझीन्छ ।
१- पुर्बिय सभ्यता अन्तर्गतकाे मानव समाज ।
२- पश्चिमी सभ्यता अन्तर्गतकाे मानब समाज ।
* हाम्रो अर्थात पुर्बिय सभ्यता अनुरुपकाे नेपाली समाजमा नारीलाई देबिकाे रुपमा पुज्ने र मान्ने गरिन्छ । हुनत हामी भन्ने गर्छौं नारी श्रृष्टिकर्ता हुन, जगत जननी माता हुन र एक ममतामयी आमा हुन् । जहाँ नारी सदैब धर्म शास्त्रीय आधारमा एक पुँजनिय हुन । जस्तै माँ काली, माँ लक्ष्मि, माँ सरस्वती, माँ देबि, माँ चामुण्डा हुन् र माँ मातृभुमि हुन् । नारीकाे समग्र रुप एकै भएपनि स्वरुपमा अनेक रहेका छन्। हाल आएर बिश्व खण्डित भएकाे अबस्थामा एसियाका कयन देशहरुमा नारिलाई अझैपनि बाहिर सामाजिक हिसाबले खुल्न दिईदैन । जहा बरु उनिहरुलाई घरमा देबिकाे रुपमा हाेस् या लक्ष्मिकाे रुपमा हाेस जथाभाबि बाहिर खुल्न दिईदैन र बाेल्न पनि दिईदैन कारण धार्मिक र सांस्कृतिक कारण । नारिलाई एक शक्तिकाे रुपमा मान्ने गरिन्छ ।
* ठिक त्यसकै बिपरित पश्चिम सभ्यता अन्तर्गत नारिलाई एक खुल्ला आकाश काे रुपमा मानिन्छ । जहाँ कुनै कुराकाे बन्देज हुदैन । नारीलाई त्यहाँ हेर्ने दृष्टिकोण अलि फरक र भिन्नै खालकाे हुन्छ । जस्मा पुरुषत्व हाबि भन्दापनि महिलातत्व पनि बराबरनै हुन्छ । कारण बिज्ञान र प्रबिधी र शिक्षा । हुनत शिक्षा भन्दैमा प्रबिधिकाे शिक्षालाई मात्र मानिदैन । सामाजिक शिक्षा र संस्कार काे कुरापनि जाेडिन आउछ । पश्चिमाहरु जतिसुकै बिकाश गरून् प्रबिधिमा तर सामाजिक र नैतिक शिक्षामा पुर्बिय सभ्यता नै अगाडि मानिन्छ । साथै तन्त्र र मन्त्र द्वारानै यन्त्र बनेकाे भन्ने कुरा पनि प्रमाणित भईसकेकाे छ । अर्थात नारी दिवस महिला जागरूकता सम्बन्धी एक कार्यक्रम हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण लैङ्गकि विभेद ,समानता जस्ता सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।
अमेरिकामा महिला दमन, महिला विभेद र महिलाको काम गर्ने समय घटाउने , तलब बढाउने, महिलालाई भोटिंग राइटको लागि आन्दोलन गरेका थिए । १९११ मा कोपेन हेगेंनमा सम्पन्न सम्मेलनबाट प्रतावित नारि दिवशलाई पहिलो पटक अष्ट्रिया, जर्मन, डेनमार्कले १९ मार्चमा समर्थन र सम्मान गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय महिला दिवसमा महिला समान अधिकार, भोट दिन पाउने, कार्यालय कर्मचारी, महिलाको विभेदको यस्तै गरि संसारका धेरै राष्ट्रहरुमा महिलाहरुले महिला आवाज खालि तल माथिको कुरा मात्र हो । अमेरिकामा हुदा त महिलाहरु ८० प्रतिशत भन्दा बढी महिलाले महिला अधिकार प्रयोग गरिराखेका छन् ।
मलाइ लाग्छ सत प्रतिशत अधिकार सम्पन्न हुन् सकेका छैनन् । लुकी छिपी महिलाको अपहरण, बलात्कार भएको र घरेलु हिंसाका घटना सुनीई राखिएको छ । बिदेश नेपाली महिलाहरुमा अझै पनि कुनै न कुनै रुपमा हिँसा प्रताडना भएको छ भनेर भनिरहेका छन् महिला कर्मीहरु । अमेरिका आइपुगेका नेपाली महिला आधा आदि मात्र भएपनि महिला अधिकार प्रयोग गरिरहेकै छन् । आफै कमाउछन पनि, आफु खुशी खर्च गर्न पनि पाउछन । आफ्नै जिबन शैली अपनाएर जीवनयापन गर्दै  पनि छन् । तर त्यहाँ पनि केहि परिवारका स्वास्निहरु लोग्नेको हेपाइ खाएर बसेको संचारमा आएको हुन्छ । उनीहरुले कमाएको पैसा सबै लोग्नेलाइ बुझाउन पर्ने, उनीहरुले पाएको टिप्स पनि उनीहरुले साथमा राख्न पाएका हुदा रहेनछन । लोग्नेले चाहि कमाएको सुनाउन पनि नपर्ने, उनीहरुको कमाइ जे मन लाग्यो गर्ने, स्वास्नी सोधे खोजे गालि गर्ने, प्रताडना दिन खोज्ने, केहि लोग्नेहरु आफुले काम नगर्ने स्वास्नीको कमाइमा रक्सि खाइ झल्लीएर हिडेको पनि देखिन्छ । आफु खुशी गर्न नपाए स्वास्नीलाई पिटन पनि तयार हुने । बोलिमा हेप्ने, व्यवहारमा हेप्ने, यी घरमा हुने व्यबहार घर बाहिर त्यति आउदैनन । स्वास्नी मान्छेलाइ हेप्ने प्रवृति हाम्रो पृति सतात्मक समाजमा चलिआएको हो भन्ने कुरा  महिलाले पनि स्विकारी रहेको अबस्था छ । तर केहि महिला त्यो अबस्था बाट बाहिर आइसकेको पनि अबस्था पनि छ । अमेरिका आउने धेरै महिला बेबी सिटिंग, र घरेलु कामदारको रुपमा काम गरिरहेको अबस्था पाउछौ । अमेरिका जस्तो बिकसित देशमा लिंगको आधारमा भेदभाव गर्न नपाउने देशमा त धेरै भेदभाब हुन्छ भने हाम्रो जस्तो देशमा आम महिलाहरुको अबस्था कस्तो होला ? यो त अनुमान लगाउने कुरा मात्रै हो । 
जाँदा जाँदै ।
महिला अधिकारकर्मि बिशेष गरि बिश्व भरिनै संन्जाल नभाकाे पनि हाेईन । बिभिन्न संघ- संस्थाहरु पनि सक्रिय नभाकाे पनि हाेईन । आखिर किन महिला या नारि माथि दैनिक जसाे घटनाका सिकार हुन बाध्य छन् । ल मानम् आर्थिक अबस्था कमजोर हुनु र शिक्षाकाे कमि हुनु नै अभिषाप हाे त । खै आज १००औ निर्मला पन्त , भागरथी भट्ट जस्ता थुप्रै चेलिहरु- बालिकाहरु दिन दहाडै बलात्कार हुँदा किन तै चुप मै चुप ? खाेई त यो बिषयमा महिला अधिकारकर्मी , अभियान्ताहरुले याे बिषय उठान गरेकाे । महिला बालबालिका मन्त्री तथा नेपाल सरकारले यो बिषयमा कहिले जिम्मेवारीका साथ आफ्नाे कर्तव्य निर्बाह गर्ने ? एनजीयाे ,आएनजियाेहरुले कहिले बास्तबिक नारी हितकाे लागी मात्र कार्य गर्ने ? नकि कुनै श्वार्थ र लाेभ भन्दा माथि उठि बास्तबिक महिला उत्थानकाे लागि मात्र कार्य गर्ने । कुनै पद ,पावर र पैसाकाे लागी नभई समग्र नारीकाे उत्थानकाे लागि बिदेशीकाे पैसा कहिले सम्म खाईराख्ने ?  के यत्तिकै लागिमात्र महिला आयाेग लगायतका अन्य थुप्रै संघ संस्थाहरु दर्ता भएका हुन् ?
पिडित र पिडाकाे उजागर गर्छौं भनेर आएका जतिपनि संघसंस्था हरु छन् । यहाँ सब नाम भजाएर दाम मात्र कमानउने छन् । पाँचतारे हाेटेलमा बर्षकाे एकदिन नारि दिबसकाे प्राेमाे र ब्यानर देखाएर लुट्नेहरुदेखि साबधान हुनुपर्दछ । आजकाे दिनमा ग्रामिण साथै अति बिकट ठाउँहरुमा ती अबाेध उमेरै नपुगि घरजम् संगै बालबिबाह गर्दिने गरेको देखिन्छ। शिक्षित भनाउँदाहरु पनि ती अबाेध गरिबी ,अशिक्षितकाे नाममा गरेकाे जस्ताे मात्रै गरेर खालि राष्ट्रकाे ढुकुटी र बिदेशीहरुसंग भिख माग्ने भाँडाेकाे लागि मात्र गरेकाे देखियाे नत्रभने ४६ पछिकाे परिवर्तनकाे आगमनसंगै खोई नारी हकहितमा बाेलिदीएकाे ?
यसरी विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलङ्कामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत त्यो देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे । नेपालमा प्रधानमन्त्री बिपी कोइरालाको प्रधानमन्त्रित्वकालमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकामा अहिले आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको  विश्व इतिहासमा नेपाल अग्र पङ्क्तिमा देखा पर्नु हो ।
विश्वका महिलाले नेपालका महिला सहभागिताको उदाहरण देखेर हर्ष मान्नुपरेको छ । यो उदाहरण नै अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी प्रदान देशकाे रुपमा नेपाललाई घाेषणा गर्दा पनि फरक नपर्ला । तर बिडम्बना हाम्रो देशमा नारी दिबश मात्र हाेईनन् समग्र सबै दिबशहरु अहिलेकाे मिती र थितीसम्म आईपुग्दा जतिसुकै हामीहरु आधुनिकता र शिक्षित कुरा गरेपनि कुँवाकाे भ्यागुताे कुँवामै भनेकाे जस्तै साबित भएकोछ । त्यसैले नारि लाई समग्र जुन् रुपले बुझेपनि ,शिक्षित अशिक्षित जुन् अबस्थामा भएपनि एक जगत जननी कै रुपमा मानौं र बुझौं । साथमा नारी उत्थान लागि गरिने संस्थागत कार्यहरु पाँच तारे हाेटेलकाे एक फेसन साे काे रुपमा मात्र सिमीत नभई बास्तबिक ती झुपडिहरुमा पनि नारी अधिकार गुन्जियाेश अनि हामि गर्बका साथ भन्नेछौं जय नारी ।।

जय गाेरखकालि ।।।


नागी बिक्रम चन्द 
काठमाडौँ 
(चन्द, निरन्तर रुपमा समसामयिक, सामाजिक, राजनैतिक तथा युवा सरोकारका बिषयहरुमा कलम चलाउदै आउनु भएको छ )

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •