काठमाडौँ- पेरिस डाडामा बसेको प्रचण्ड-नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ।
बैठक निर्णय बारे छोटो जानकारी दिदै नेता झलनाथ खनालले ‘फेरि भेटौंला’ भन्दै उनी बाहिरिए।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिए पछी प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।
यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।