नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम परिवर्तन गर्नुपर्ने : : ऋषि कट्टेलको पक्षमा फैसला


[ss_social_share]
लेखक : लेखापढी      २३ फाल्गुन २०७७, आईतवार १५:०४ मा प्रकाशित     
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम परिवर्तन गर्नुपर्ने : : ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौं — सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ । 

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको हाे ।

न्यायाधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो।

यसअघि कट्टेल नेकपा आफ्नो भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए ।

ओली–दाहालबीच एकता हुँदा जबर्जस्ती आफ्नो पार्टीको नाम लिएको भन्दै उनी अदालत पुगेका थिए । अदालतले केहीबेरअघि फैसला सुनाएको हो ।

अब दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •