प्रधानमन्त्री ओलीले लगाए कोभिड बिरुद्धको खोप


प्रधानमन्त्री ओलीले लगाए कोभिड बिरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएका छन् ।

नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर खोप लगाएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सहभागी हुन आग्रह गरे ।

उहाँले भन्नु भयो  “ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ,” “आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन,” ।

खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बसेका थिए ।

त्यसपछि संचारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्रीले कोभिड १९ विरुद्धको लडाँई अब खोपको चरणमा पुगेको बताए ।