नेकपाको प्रचण्ड-माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ ।
नेकपा दाहाल–नेपाल समूहले संसदीय दलले गरेको निर्णयका बारेमा जानकारी औपचारिकरुपमा गराउन संसद् सचिवालयका महासचिव भरत गौतमको कार्यकक्षमा पुगे पनि संसद् सचिवालयले अहिले दर्ता गर्न नसकिने जनाएको छ ।
लामो समयदेखि नेकपाका शीर्ष नेता र महासचिवसहित संसद् सचिवालयका कर्मचारीको गलफती भइरहेको छ ।
प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।
महासचिव गौतमले दर्ता नगर्ने अडान राखेपछि सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेका छन् ।
उनीहरुले न्युनतम काम पनि नगर्ने भए महासचिव किन चाहियो भनेका छन् ।