जयहोस् मालिक ..! भन्दै एक लुरे देखिने करिब पचास नाघेको पुरुषले अर्को भद्र झैँ देखिने भलादमीलाई निहुरिएर नमस्कार ठोक्यो ।
यहाँबाट गर्नुपर्ने तयारी सबैकुरा मिलाउँदै छु । राज गर्छे… राज, तिम्री छोरी ! कुनै पीरै नगर अब …!
धेरै अगाडि गएको बिजुली अकस्मात आएको जस्तै अचानक …त्यस भलादमीको अनुहार लुरेलाई देखेर उज्यालो भयो ।
जसरी पनि मनाउँछु भनेकाथ्याै। त्यसैले..बुझ्यौ खुसी हुँदै..मैले पनि यहाँबाट गर्नुपर्ने तयारी सबैकुरा मिलाउँदै छु ।
राज गर्छे… राज, तिम्री छोरी ! कुनै पीरै नगर अब …!
म छोरी भएपनि राम्ररी छोराले जसरी आफ्नो बुवा पाल्न सक्छु । पढ्न खर्चको लागि भनेर बन्धकीमा राखेको घरखेत त्यसैले राखोस् । त्यसो भन्दै मलाई नै गाली गरी मालिक ..!
ल सबै तिम्रो ऋण माफ भयो है …। मालिक माफ पाउँ ..मैले छोरीलाई कसैगरी मनाउँन सकिनँ..!
छोरीले अफिसमा राम्रो जागिर पाइछे ।”अब हामीलाई खान-लाउँन पहिले जस्तो दुःख हुँदैन भन्छे “।
म छोरी भएपनि राम्ररी छोराले जसरी आफ्नो बुवा पाल्न सक्छु । पढ्न खर्चको लागि भनेर बन्धकीमा राखेको घरखेत त्यसैले राखोस् । त्यसो भन्दै मलाई नै गाली गरी मालिक ..!
त्यस वृद्ध भलादमीको अनुहार फेरि झ्याप्पै बत्ति निभेको झैँ अँध्यारो … भयो।
शारदा घिमिरे भैल
बनेपा, काभ्रे
(“आधुनिक नेपाली लघुकथा समूह” सँगको सहकार्यमा हरेक हप्ता सोमबार र शनिबार लघुकथा प्रकाशन गर्ने गरेका छौ ।)
Please mail us your creation on: lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com