१
बोलकबोल
लिलाम बढाबढ
भेडा बजार ।
°°°
२
राहु र केतु
बिपरित ध्रुवमा
सुर्य ग्रहण ।
°°°
३
गठबन्धन
अवैध समागम
गर्भपतन ।
°°°
४
गोहीको आँसु
आँखामा टिलपिल
प्यासी अधर ।
°°°°
५
मसान घाट
अवसानको घर
सर्वसुलभ ।
°°°°
किशन पौडेल
हेटौडा