मेलम्चीको पानि काठमाडौँ आईपुग्यो


लेखक : लेखापढी      २२ फाल्गुन २०७७, शनिबार २३:२९ मा प्रकाशित     
मेलम्चीको पानि काठमाडौँ आईपुग्यो

काठमाडौँ-  सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ । गत फागुन १० गते मेलम्चीको बाँधस्थलबाट सुरुङमा परिक्षणका लागि पानी पठाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजलमा पानी आइपुगेकोअवलोकन गरेका छन् ।

सुन्दरीजल पुगेका ओलीले शनिवार साँझ पानी संकलन तथा प्रशोधन केन्द्रको समेत अवलोकन गरेका छन् । मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा गरेको कार्यक्रममा उनले मेलम्चीबाट आएको पानी स्विच थिचेर सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पठाएका छन् ।  बालुवाटारमा पार्टी संसदीय दलको बैठक सकेर प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यसहित सुन्दरीजल पुगेका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा, मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्री लगायत सुन्दरीजल पुगेका थिए । सुन्दरीजल पुगेर शुरुमा सुरुङको अवलोकन गरेका प्रधानमन्त्री ओलीले पानी प्रशोधन केन्द्र अबलोकन गर्दै मेलम्चीबाट आएको पानी प्रशोधन केन्द्रमा छोड्नका लागि कन्ट्रोल प्यानलको स्विच थिचेका थिए । 

मेलम्चीबाट अब दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले अस्थायी बाँधबाट सुरुङमा पानी हालिएको र २ महिनाभित्र स्थायी बाँधबाट पानी पठाइने जनाएको छ । 

साढे ८ करोड लिटर पानी प्रशोधन क्षमतामा पानी प्रशोधन गरेर काठमाडौंमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले बताएका छन् । काठमाडौं उपत्यकामा खानेपानी लिमिटेडका ६ वटा पोखरीमा पानी पठाएर त्यहाँबाट पनि वितरण गर्ने तयारी गरिएको छ ।​

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •