माधब नेपालको अन्तिम आग्रह: ओली जी फुर्ती नदेखाउनुस राजिनामा दिई हामिसंग आउनुहोस


[ss_social_share]
लेखक : लेखापढी      २२ फाल्गुन २०७७, शनिबार १७:४९ मा प्रकाशित     
माधब नेपालको अन्तिम आग्रह: ओली जी फुर्ती नदेखाउनुस राजिनामा दिई हामिसंग आउनुहोस

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा  नैतिकताको सानो अंश भए प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीमा आउन अन्तिम मौका दिइरहेको बताएका छन् ।

कार्यक्रममा माधब नेपालले भने- “केपी ओलीलाई पनि हामीले अन्तिम मौका दिइरहेका छौँ । राजीनामा दिनुस् । नैतिकताको सानो अंश भए पनि देखाउनुस् । नभए इतिहासमा कलंकित भइरहनुहुनेछ । धेरै फुर्ती नदेखाउनुस् । तपाईंका फुर्ती देखाउने दिन गए,” ।

उनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आफ्नै पार्टीमा आउने प्रतीक्षामा रहेको पनि बताए । “हामी उहाँलाई पनि स्वागत गर्नेछौँ । त्यो दिनको प्रतीक्षामा छौँ । जहाँ हामी काँधमा काँध मिलाएर हातेमालो गर्दै अघि बढ्नेछौँ,” उनले भने ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •