जबरजस्ती औद्योगिक क्षेत्रको शिलान्यास गरेकोले नेता लखेटिए: बालकृष्ण खाँण


लेखक : लेखापढी      २२ फाल्गुन २०७७, शनिबार १२:३९ मा प्रकाशित     
जबरजस्ती औद्योगिक क्षेत्रको शिलान्यास गरेकोले नेता लखेटिए: बालकृष्ण खाँण

काठमाडौँ-  रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले हिजो नाराबाजी र ढुंगा प्रहार गरेका थिए । औद्योगिक क्षेत्र उद्घाटन गर्न गएका अर्थमन्त्री विष्णु पौडेलविरुद्ध स्थानीय जनताले ढुंगामढा गरि लखेटेका थिए ।

 नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले स्थानीय जनताको सहमतिविपरीत अर्थमन्त्री विष्णु पौडेलले जबरजस्ती मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका छन् ।

नेता खाँणले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि बसोबास गर्दै आएका जनताको मागको उचित सम्बोधन नगरी जबरजस्ती ढंगले बल प्रयोग गरेर, धम्क्याएर र जनताको चित्त दुखाएर गरिने विकासको औचित्य नहुने बताएका हुन् ।

मोतिपुरबासी जनताको विमति हुँदाहुँदै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षाबलको आडमा जबरजस्ती ढंगले दमन गरेर शिलान्यास गर्दा झडप भएको उल्लेख गर्दै खाँणले जनताले अपनत्व नलिएको विकासले गति नलिनेतर्फ सरकारलाई सचेत गराएका छन् ।

उनले जनताको मागलाई सम्बोधन र उचित व्यवस्थापन गरेर मात्र काम अघि बढाउन सरकारसंग माग गरेका छन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले पनि विज्ञप्ति निकालेर जनताको माग सम्बोधन नगरी अर्थमन्त्री पौडेलले हतारमा औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •