सार्वभौमसत्ता सम्पन्न बनाउन जनमतमा जानुपर्ने: नेत्रबिक्रम चन्द’विप्लब’


लेखक : लेखापढी      २१ फाल्गुन २०७७, शुक्रबार १६:३६ मा प्रकाशित     
सार्वभौमसत्ता सम्पन्न बनाउन जनमतमा जानुपर्ने: नेत्रबिक्रम चन्द’विप्लब’

काठमाडौँ-  राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए । 

 नेकपाका महासचिव नेत्र विक्रमचन्द (विप्लव)ले जनमत मार्फत जनताले फैसला गर्न पाउनु पर्ने बताएका छन् । समाजमा एक थरी उत्पीड र एक थरी शासक रहेको बताएका छन् । उनले आफूहरु अन्याय अत्याचार र मान्यता माथि हमला भएको अनुभुति हुँदा चुप लागेर नबस्ने र विद्रोह गर्ने बताए । उनले तीन बुँदे प्रतिवद्धतामा कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको भन्दै पालना गर्ने उद्घोष गरे । सात साल देखि पटक पकट रुपान्तरण भएको भए पनि पूर्ण रुपमा रुपान्तरण हुन नसकेको जनाएका छन् । आफूहरु संसदीय प्रणाली देखि लिएर संविधान निर्माणका बेलाका समेत आफूहरु असन्तुष्टि रहेको बताए । उनले आफूहरुले जनमत चाहेको बताए ।

विप्लबले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे ।

‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ उनका अनुसार यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।  नेपाली जनताहरुले सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि भए पनि जनमत चाहेको बताए । नेता दल सबैलाई चुनेको भए पनि जनताले फैसला गर्ने अधिकार पाउनु पर्छ । जब कम्युनिष्टको विजय हुनेछ, तब मात्रै विश्वमा हतिहार र युद्धको अन्त्य हुने ठोकुवा गरेका छन् ।