नेत्रबिक्रम चन्द भित्रिए काठमाडौँ, बिशेष सुरक्षा व्यवस्था,दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्बजनिक


लेखक : लेखापढी      २१ फाल्गुन २०७७, शुक्रबार १३:३० मा प्रकाशित     
नेत्रबिक्रम चन्द भित्रिए काठमाडौँ, बिशेष सुरक्षा व्यवस्था,दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्बजनिक

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् ।

सरकारले उपलब्ध गराएको हेलीकोप्टर सुबिधा लिन मानेनन् । सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् ।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो । उनी शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •