भारतबाट नेपाल फर्किने ४ जना नेपाली सवारी दुर्घटनामा मृत्यु


लेखक : लेखापढी      २१ फाल्गुन २०७७, शुक्रबार २२:४५ मा प्रकाशित     
भारतबाट नेपाल फर्किने ४ जना नेपाली सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ- रोजगारीको शिलशिलामा भारत गएका दैलेखका ४ जना नेपाली दुर्घटनामा परि ज्यान गुमाएका छन् ।  बम्बईबाट नेपाल आउने क्रममा उत्तर प्रदेशको नोयडा भन्ने ठाउँमा गाडी दुर्घटना हुँदा मृत्यु भएको हो।

दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलकाे परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको मृत्यु भएको हो। दुल्लु नगरपालिका–६ का वडाध्यक्ष बखत बहादुर खड्काका अनुसार नेपाल फर्किन लागेका कालो रावल, उनकी श्रीमती बुदी रावल, सात बर्षीय छोरा टोपेन्द्र रावल र सँगै यात्रा गरिरहेका तिलक घर्तीको दुर्घटनामा मृत्यु भएको हो।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •