प्रचण्ड चुनिए संसदीय दलको नेता


लेखक : लेखापढी      २१ फाल्गुन २०७७, शुक्रबार १६:४५ मा प्रकाशित     
प्रचण्ड चुनिए संसदीय दलको नेता

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनेको छ।  बैठक जेष्ठ सदस्यका हैसियतमा बरिष्ठ नेता झलनाथ खनालले सञ्चालन गरेका थिए।

शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो। उक्त समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको थियो।

बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताए। उनले केही साथीहरू बिरामी र अन्य कामले बैठकमा आउन नसकेको बताए। ‘ओलीसँग गणपूरक संख्या पनि पुग्दैन,’ प्रचण्डले भने,’यसले वैधानिकता पाओस् भनेर हामीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका छौं।’

गत पुस ८ मा पनि उक्त समूहले प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •