सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ आउदै


सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ आउदै

काठमाडौँ- चर्चित सांगीतिक रियालिटी सो  तेस्रो सँस्करणको ‘द भ्वाइस अफ नेपाल’ चैत ६ गतेबाट प्रशारण हुने भएको छ । हरेक शुक्रवार र शनिवार राति ८ बजेबाट प्रशारण हुने उक्त ‘रियालिटी शो’मा यस पटक एक जना कोच परिवर्तन भएका छन् ।

आस्था राउतको ठाउँमा दर्शकले यो पटक तृष्णा गुरुङलाई नयाँ कोचका रुपमा देख्ने ‘शो’का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । अन्य तीन कोच दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा यथावत रहने छन् ।