नेपाल भारत सीमामा प्रहरी संगको भिडन्तमा भारतीय तस्करको मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      २० फाल्गुन २०७७, बिहीबार २२:३८ मा प्रकाशित     
नेपाल भारत सीमामा प्रहरी संगको भिडन्तमा भारतीय तस्करको मृत्यु

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका-७ मा  प्रहरी र तस्करबीच भिडन्तमा भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ । सीमा नजिकै भएको भिडन्तमा भारतको पिलिभित-४  का २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर थापाले बताएका छन् ।

डिएसपी थापाका अनुसार तस्करको साथबाट प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने मेसिन र लागुऔषध बरामद गरेको छ । 

गस्तीमा गएका  प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंह बताए । 

प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

अन्य केही लागुऔषध कारोबारी भने भारतर्फ भागेको उनले बताए। प्रहरीले मुठभेडका क्रममा ठूलो मात्रामा ब्राउनसुगर बरामद गरेको चतुर्वेदीले बताए।

मुठभेडका क्रममा प्रहरी जवान वीरबहादुर साउद घाइते भएका छन्। उनको दाैडने क्रममा खुट्टामा चाेट लागेको छ।

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •