सगरमाथा आरोहण गर्न बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली नेपाल आउने


[ss_social_share]
लेखक : लेखापढी      २० फाल्गुन २०७७, बिहीबार १८:४४ मा प्रकाशित     
सगरमाथा आरोहण गर्न बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली नेपाल आउने

काठमाडौँ — बहराइनको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली चैत २ गते सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ । बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलाई सो आरोहण दलका केही सदस्यहरूले भेट गर्दै उक्त जानकारी गराएका हुन् । 

आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक रहेका छन् । विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्नेछ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

उक्त टोलीको आरोहणमा ब्यबस्थापन  सेभेन समिट ट्रेक्स प्राइभेट लिमिटेडले गर्ने जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •