मेयरकप २०७७ क्रिकेट डिशहोमले गर्नेछ प्रत्यक्ष प्रशारण गर्दै


[ss_social_share]
लेखक : लेखापढी      २० फाल्गुन २०७७, बिहीबार १८:२७ मा प्रकाशित     
मेयरकप २०७७ क्रिकेट डिशहोमले गर्नेछ प्रत्यक्ष प्रशारण गर्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्‌को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित मेयर कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

एक दिवसीय क्रिकेट खेल काठमाडौंको कीर्तिपुर तथा मूलपानी मैदानमा फागुन २२ बाट सुरु हुनेछ । मेयरकप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली, एक वाग्मती टोली र काठमाडौं महानगरपालिकाको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा एक वाग्मती प्रदेश, तीन विभागीय टोली र एक काठमाडौ महानगरपालिका गरी पाँच टोली सहभागी छन् ।

दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको कीर्तिपुर तथा मूलपानी मैदानको खेल पनि प्रत्यक्ष प्रसारण गरेको थियो । 

फागुन २२ देखि फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा एक वाग्मती प्रदेश, तीन विभागीय टोली र एक काठमाडौ महानगरपालिका गरी पाँच टोली सहभागी छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •