केन्द्रीय समिति बैठक सकियो, प्रचण्डले भने अर्को ब्याटल पनि जित्छौं


[ss_social_share]
लेखक : लेखापढी      २० फाल्गुन २०७७, बिहीबार ०२:३८ मा प्रकाशित     
केन्द्रीय समिति बैठक सकियो, प्रचण्डले भने अर्को ब्याटल पनि जित्छौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विभिन्न निर्णय गर्दै बैठक सकिएको छ । बैठकले संसदीय दलको नेता तथा उपनेता हटाउनुका साथै पार्टी हितविपरीत गतिविधि गर्नेहरुलाई निलम्बनको घोषणा गरेको छ । 

अध्यक्ष प्रचण्डले नेपाली जनताको बल, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई आफूहरुले गुम्न नदिने बताए । उनले आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने बताए । 

उनले भने, ‘सर्वोच्चको निर्णय हो हाम्रो पक्षमा आयो । निर्वाचन आयोगमा रहेको विवाद पनि जित्ने चरणमा छौं ।’ उनले अगाडि थपे, ‘एउटा ब्याटल जित्यौं, अर्को ब्याटल पनि जित्ने चरणमा रहेको बताए। 
100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •