वार्ता सफल: ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने


लेखक : लेखापढी      २० फाल्गुन २०७७, बिहीबार १२:२९ मा प्रकाशित     
वार्ता सफल: ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने

काठमाडौं । सरकार र नेकपा विप्लब पक्षको वार्ता पूर्णतया सकारात्मक र सफल रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने भएका छन् ।

“सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नुहुनेछ,” वार्ता समितिका संयोजकद्वय रामबहादुर थापा बादल र प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •