शिवरात्रिका लागि पशुपतिमा आइपुगे साधुसन्त, थप दुई हजार आउँने क्रम जारि !!


लेखक : लेखापढी      १९ फाल्गुन २०७७, बुधबार १४:१० मा प्रकाशित     
शिवरात्रिका लागि पशुपतिमा आइपुगे साधुसन्त, थप दुई हजार आउँने क्रम जारि !!

काठमाडौं । महाशिबरात्रीको लागि पशुपतिक्षेत्र बिकास कोषले तयारि गरेको छ ।  पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिकोे चहलपहल बढेको देखिन्छ । भारतबाट साधुसन्त र दर्शनार्थी भित्रिँदै छन् । शिवरात्रिका लागि भारतबाट ३०० साधुसन्त आइसकेको र दुई हजारभन्दा बढी साधुसन्त आउने तयारीमा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले शिवरात्रिका लागि कोषले तयारी थालेको बताए । उनले आजसम्म ३०० साधुसन्त दर्शनको लागि पशुपतिमा आइसकेको र बाँकी दुई हजार आउन लागेको जानकारी दिए । ‘‘विगतका वर्षहरुमा भन्दा यस वर्ष दर्शनार्थी घट्ने अनुमान गरेका छौँ । कोरोना महामारीका कारण यतिखेर पशुपतिमा अहिलेभन्दा दोब्बर साधुसन्त भित्रिसक्थे,” उनले भने, ‘‘तर, यसपालि कमै मात्रामा भित्रिएका छन् । नेपालका बाहिरी जिल्लाबाट आउने दर्शनार्थीहरु बढेका छन् भने भारत र तेस्रो मुलुकबाट पशुपतिमा भित्रिने कमै छन् ।” यो सालको शिवरात्रीमा धेरै भिड र घुइचो नहुने अनुमान लगाएका छन् । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •