नेपाली सेनाको पृतनापति सम्मेलन आज


लेखक : लेखापढी      १९ फाल्गुन २०७७, बुधबार १४:२१ मा प्रकाशित     
नेपाली सेनाको पृतनापति सम्मेलन आज

काठमाडौं । नेपाली सेनाको पृतनापति सम्मेलन बुधबारबाट सुरु हुँदै छ ।

महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन तीन दिने पृतनापति सम्मेलन आयोजना गर्न लागेको हो ।

२१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

साथै जङ्गी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए/गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने नेपाली सेनाले जनाएको छ । महाशिबरात्रिको अबसरमा नेपाली सेनाले ”सेना दिवस” मनाउदै आएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •