विन्स्टन चर्चिलको सबैभन्दा मंहगो पेंटिंग ‘टावर अफ द कौउतबिया मोस्क्यु’


विन्स्टन चर्चिलको सबैभन्दा मंहगो पेंटिंग ‘टावर अफ द कौउतबिया मोस्क्यु’

काठमाडौं । कलाकार विन्स्टन चर्चिलले कोरेको ‘टावर अफ द कौउतबिया मोस्क्यु’(tower of the koutoubia mosque) शीर्षकको चित्रकला सबैभन्दा महँगोमा बिक्री भएको छ ।

अभिनेत्री एन्जेलिना जोलीको पर्सनल कलेक्सनमा रहेको यस पेन्टिङ मार्च १ तारिखमा लिलामीमार्फत बिक्री भएको हो । लन्डनमा भएको अक्सनमा चर्चिलको यो पेन्टिङ ३५ लाख डलरमा बिक्री भएको छ । यो चर्चिलको अहिलेसम्मकै सबैभन्दा महँगोमा बिक्री भएको पेन्टिङ हो । यसअघि, सन् २०१४ मा एउटा पेन्टिङ २७ लाख डलरमा बिक्री भएको थियो ।
The Tower of Katoubia Mosque" by Winston Churchill @ MS RAU Antiques -  Alain.R.Truong

यो पेन्टिङ सन् १९३९ देखि १९४५ मा चर्चिलले बनाएको एक मात्रै पेन्टिङ हो । उनले यो पेन्टिङ दोस्रो विश्वयुद्धताका बनाएका थिए । यो पेन्टिङ चर्चिलले अमेरिकी पूर्वराष्ट्रपति फ्रान्कलिन डी रुजवेल्टलाई उपहार दिएका थिए ।

एन्जेलिना जोलीले यो पेन्टिङ करिब एक महिनाअघि लिलामीमा राखेकी थिइन् । क्यानभासमा मोरोक्कोस्थित माराकेचको सुन्दर सूर्यास्त र सहरको दृश्य देख्न सकिन्छ । 

सन् १९३५ मा मोरोक्को पुगेका चर्चिलले त्यहाको मनमोहक सूर्यास्तलाई क्यानभासमा उतारेका थिए । यो पेन्टिङ सन् २०११ मा अभिनेता ब्राड पिटले र एन्जेलिना जोलीलाई गिफ्ट गरेका थिए । उनीहरुको वैवाहिक सम्बन्ध २०१६ मा टुटेको थियो ।