बिग बी अमिताभ बच्चन आँखाको शल्यक्रियापछि घर फर्किने तयारीमा


[ss_social_share]
लेखक : लेखापढी      १८ फाल्गुन २०७७, मंगलवार १४:११ मा प्रकाशित     
बिग बी अमिताभ  बच्चन आँखाको शल्यक्रियापछि घर फर्किने तयारीमा

मुम्बई- अभिनेता बच्चनको सफलतापूर्वक मोतिविन्दुको शल्यक्रिया भइसकेको छ । उनी अहिले अप्रेसन थियटरबाट बाहिर आइसकेको र चौबीस घण्टाभित्र घर जाने जानकारी दिएको नवभारत टाइम्स ले उल्लेख गरेको छ । 

बलिउडका बिग बी अमिताभ बच्चनले ब्लग लेख्दै शल्यक्रिया गराउन लागेको जानकारी दिएका थिए । यद्यपि उनले यो बाहेक थप केही कुरा पनि उल्लेख गरेका थिएनन् ।

अहिलेसम्म पनि अमिताभ आफैंले यसबारे केही जानकरी दिएका छैनन् । तर भारतीय मिडियाहरुले अमिताभको सफलतापूर्वक शल्यक्रिया भइसकेको र सोमबार अस्पतालबाट डिस्चार्ज हुने बताइरहेको छ ।

अमिताभले शल्यक्रियाबारे जानकारी दिएसँगै उनका प्रशंसकहरुले सामाजिक सञ्जालमार्फत नै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । 

अमिताभ बच्चनको शल्यक्रिया हुदै

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •