सरकार–विप्लव समूह वार्ता नजिक तर प्रतिबन्ध फुकुवा भएन


लेखक : लेखापढी      १८ फाल्गुन २०७७, मंगलवार २२:१५ मा प्रकाशित     
सरकार–विप्लव समूह वार्ता नजिक तर प्रतिबन्ध फुकुवा भएन

काठमाडौं ।  सरकार र भूमिगत नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ता हुने भएको छ । सरकारसंग पटकपटकको अनौपचारिक संवाद र छलफलपछि वार्ताको टेबलमा बस्न दुवै पक्ष तयार भएका हुन् । यसका लागि दुवै पक्षले वार्ता समिति बनाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरिएको बताए । 

सरकारी वार्ता समिति घोषणा भएलगत्तै भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि वार्ता समिति बनाइएको जानकारी दिएका छन् । उनले प्रेस वक्तव्य जारी गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य प्रेम चलाउने ‘दिपक’ सदस्य रहेको समिति बनाइएको उल्लेख गरेका छन् ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुवै पक्षको वार्ता टोली यही वा अर्को साताको सुरुवातमै औपचारिक संवादको टेबलमा बस्नेछन् । सरकारी वार्ता टोलीका सदस्य भट्टराईले पनि छिट्टै औपचारिक वार्ता हुने बताए । उनले अनलाइनखबरसँग भने, ‘दुईपक्षीय छलफल गरेर एजेण्डा तय हुन्छ, छिट्टै वार्ताको टेबलमा बस्छौं ।’

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई लगाएको प्रतिबन्ध तत्काल फुकुवा नगर्ने संकेत गरेको छ ।
कार्यकर्ताको रिहाइ अघि प्रहरी प्रधान कार्यालयलाई समूहका थप नेता, कार्यकर्ताको गिरफ्तारी तत्काललाई रोक्न निर्देशन दिने तयारी समेत भएको स्रोतको दाबी छ । पत्र पठाउने कुरा चाहिँ प्राविधिक विषय मात्र भएको गृह स्रोतको भनाइ छ । स्रोत भन्छ, ‘वार्तामा समिति नै बनाइसकेपछि पत्र पठाउने कुरा प्राविधिक विषय मात्र हो ।’

सरकारले मंगलबार विप्लवसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्य टोली गठन गरेको छ । टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि छन् । उनका अनुसार विप्लवमाथि तत्काल प्रतिबन्ध फुकुवा हुने छैन । प्रतिबन्ध फुकुवा पनि वार्ताकै विषय भएकाले त्यसबारे सरकारले अहिले नै निर्णय नगर्ने जानकारी दिए ।

वार्ताको संवाद चलिरहँदा पनि सरकारले विप्लव समूहमाथि धरपकड जारी राखेको छ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •