तेलको मूल्यमा बृद्दी (पेट्रोल, डिजेल र मट्टीतेल), प्रतिलिटर दुई रुपैया बढ्यो, ग्यास यथावत


[ss_social_share]
लेखक : लेखापढी      १८ फाल्गुन २०७७, मंगलवार ००:०० मा प्रकाशित     
तेलको मूल्यमा बृद्दी (पेट्रोल, डिजेल र मट्टीतेल), प्रतिलिटर दुई रुपैया बढ्यो, ग्यास यथावत

काठमाडौं । नेपाल आयल निगमले नेपाली बजारमा तेल (पेट्रोल, डिजेल र मट्टीतेल) को मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेकोले घाटा चुलिएपछि निगमले तेलको मूल्य बढाएको हो ।

समायोजित नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको ९९ रूपैयाँ पुगेको छ । निगमले ग्यासको मूल्य भने बढाएको छैन ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ ४२ पैसा घाटा छ । यस्तै डिजेलमा ६ रुपैयाँ ५६ पैसा र एलपी ग्यासमा ३९२ रूपैयाँ ८२ पैसा घाटा छ । निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ पाँच रूपैयाँ बढाएको छ ।

तेलको मूल्य समायोजनपछि पनि निगमलाई प्रतिपन्ध्र दिनमा एक अर्ब ३२ करोड रुपैयाँ घाटा रहेको जनाएको छ। 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •