भाइ भेट्न कारागार पुगेका युवक चरेससहित पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      १८ फाल्गुन २०७७, मंगलवार १४:२० मा प्रकाशित     
भाइ भेट्न कारागार पुगेका युवक चरेससहित पक्राउ

काठमाडौं । वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २२ वर्षीय मिङमा शेर्पा लागूऔषध चरेससहित पक्राउ परेका छन् ।

लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् ।

कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मिङमा पक्राउ परेका हुन् । मिङमाले प्लाष्टिकको झोलाभित्र राखेर भाइको लागि भनेर ल्याएको स्पोर्ट्स जुत्ताको तलुवाभित्र करिब १० ग्राम चरेस बरामद भएको पर्साका प्रहरी नावय उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

नियन्त्रणमा लिएका शेर्पालाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •