ताप्लेजुंग दोभान बजारमा आगलागी, चालिस बढी घर जले


[ss_social_share]
लेखक : लेखापढी      १८ फाल्गुन २०७७, मंगलवार १५:१२ मा प्रकाशित     
ताप्लेजुंग दोभान बजारमा आगलागी, चालिस बढी घर जले

काठमाडौँ- ताप्लेजुंग जिल्लाकै ठुलो दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ ।

आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ । आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •