पुनर्स्थापित संसद बैठक फागुन २३ गते दिउँसो ४ बजे बोलाइयो


[ss_social_share]
लेखक : लेखापढी      १७ फाल्गुन २०७७, सोमबार १५:१६ मा प्रकाशित     
पुनर्स्थापित संसद बैठक फागुन २३ गते दिउँसो ४ बजे बोलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सर्वोच्चको आदेश अनुरुप नै १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको हो । पुनर्स्थापित प्रतिनिधिसभाको अबको बैठक विशेष रहने अपेक्षा गरिएको छ । विभाजित नेकपाका नेताहरुले प्रधानमन्त्रीमाथि अविस्वासको प्रस्ताव दर्ता गर्नसक्ने सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले भने आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चेतावनी दिएका छन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •