अदुवा हालेको चिया धेरै नापिउनुहोस, हुनसक्छ स्वास्थ्यमा असर


अदुवा हालेको चिया धेरै नापिउनुहोस, हुनसक्छ स्वास्थ्यमा असर

काठमाडौं । जाडोमा मानिसहरु प्राय: अदुवा हालेको चिया पिउन धेरै मन पराउँछन् । तर, सधैं अदुवा हालेको चिया पिउँदा पनि केही नोक्सानहरु हुनसक्छन् । अदुवा ठीक मात्रामा लिने हो भने त यसले धेरै लाभ दिन्छ । तर, जरुरतभन्दा धेरै अदुवा लिँदा एसिडिटी बढ्न सक्छ ।

जसको रक्तचाप उच्च छ, उनीहरुले उचित मात्रामा मात्र अदुवा लिनु पर्ने हुन्छ । बरु रक्तचाप कम हुनेहरुले अदुवा केही बढी लिँदा पनि फरक पर्दैन । तर, दुवैका लागि अदुवा धेरै लिनु राम्रो चाहिँ होइन । किनकि अदुवामा रगतलाई पातलो गर्ने गुण हुन्छ । यसले रक्तचाप कम हुनेको थप कम वा बढी हुनेको थप बढी हुने सम्भावना हुन्छ ।

अदुवा खाँदा हाम्रो रगतमा चिनीको मात्रा पनि कमी हुन्छ । जसको रगतमा चिनीको मात्रा कम हुन्छ वा बढी हुन्छ, उनीहरुले पनि अदुवा धेरै हालेको चिया खानु हुँदैन । रातमा त झन् अदुवा हालेको चिया पिउनै हुँदैन । यसले हामीलाई निद्रा लाग्न कम गर्छ । यसले हामीलाई झन् समस्यामा पारिदिन्छ । गर्भवती महिलालाई आधा कपभन्दा धेरै अदुवाको चिया पिउनु झन् हानीकारक हुन्छ । धेरै अदुवा खाँदा गर्भवती महिलालाई पेटमा समस्या पनि हुनसक्छ । सामान्य मानिसका लागि दैनिक ६ ग्राम अदुवा लिनु नै पर्याप्त हुन्छ। एक कप चियामा एक चम्चाको चारभागमध्ये एक भागमात्र अदुवा हालेको राम्रो मानिन्छ ।