सांसदहरुलाई बुधबारदेखि काेभिड १९ विरुद्धको खाेप दिइने


लेखक : लेखापढी      १७ फाल्गुन २०७७, सोमबार ०७:५७ मा प्रकाशित     
सांसदहरुलाई बुधबारदेखि काेभिड १९ विरुद्धको खाेप दिइने

काठमाडौं ।  सरकारले काेभिड १९ विरुद्धको दाेस्राे चरणकाे पहिलाे खाेप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेकाे छ ।

२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खाेप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खाेप दिइने भएकाे हाे ।

१९  गतेदेखि खाेप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाकाे सूची तयार पारिएकाे छ । 

सांसदहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खाेप दिइसक्ने स्वास्थ तथा जनसंख्या  मन्त्रालयले जनाएको छ । 

100% LikesVS
0% Dislikes
Spread the love !