फेसबुकसम्बन्धी अस्ट्रेलियाको नयाँ कानुनले विश्वको ध्यान केन्द्रित ?


[ss_social_share]
लेखक : लेखापढी      १७ फाल्गुन २०७७, सोमबार ०७:४७ मा प्रकाशित     
फेसबुकसम्बन्धी अस्ट्रेलियाको नयाँ कानुनले विश्वको ध्यान केन्द्रित ?

केहि समय देखिको लामो बिबादको अन्त्य गर्दै फेसबुकले अस्ट्रेलिया सरकारको नियमलाइ स्वीकार गरेको छ । अहिले अस्ट्रेलियामा समाचारका पेजहरू पुनःस्थापित गराइदिएको छ । एक साताअघि फेसबुकले ब्लक गरेका वेबसाइटहरू अहिले फेरि पढ्न र सेयर गर्न मिल्ने भएको छ । तर सामाजिक नेटवर्क र समाचार एजेन्सीहरूबीचको यो लडाइँ दुनियाँका लागि सुरुवात मात्र भएको विज्ञहरू बताउँछन् ।

अस्ट्रेलिया सरकारले गत बुधबार विश्वकै पहिलो किसिमको कानुन पारित गरायो । यसले मिडिया उपभोक्ता र फेसबुकबीचको अन्तरसम्बन्ध स्पष्ट पारिदिएको छ भने भविष्यमा यस किसिमका कानुनहरू अझ बढी ल्याउन अन्य मुलुकहरूलाई मार्गनिर्देशनसमेत गराएको विश्वास गरिन्छ । सो नियमले प्राविधिक कम्पनीहरूलाई प्रभावकारी रुपमा समाचार सामग्री वापत् तिनका प्रकाशकहरूलाई पैसा तिर्न बाध्य बनाइदिएको छ ।

यो कानुनका लेखक, प्रतिस्पर्धा निरीक्षक रड सिम्सले यो नियमले गुगल र फेसबुकको एकल बजार शक्तिलाई सम्बोधन गरेकाप्रति उत्साव मनाएको बताए ।

अस्ट्रेलियाबाहिर यसले कसरी प्रभाव पार्छ ?
प्रकाशकहरूले वर्षौँदेखि गुनासो गर्दै आएका छन् कि फेसबुक र गुगल, यी दुई प्राविधिक कम्पनीहरूले समाचार एजेन्सीको विज्ञापनमार्फत हुने कमाइ खोसिरहेका छन् जसमार्फत मिडिया सञ्चालन हुने गर्छ । यसको प्रतिक्रियामा प्राविधिक कम्पनीहरूले चाहिँ आफूले विश्वलाई एकै ठाउँ जोडेर प्रयोगकर्तालाई बहुमूल्य अनुभव दिलाइरहेको बताउने गरेका छन् । 

विज्ञापनदाताले यसबाट दुर्लभै मनग्ये कमाइ गरिरहेको पनि तिनको दाबी छ । तर वास्तवमा यस किसिमको बहसको प्रत्यक्ष असर आमसर्वसाधारणलाई पर्ने गर्छ । किनकि पर्याप्त लगानी प्राप्त समाचारको अभावले लोकतन्त्रलाई कमजोर बनाइदिन सक्छ ।

यस्ता सम्झौताले कसलाई फाइदा ? 
अस्ट्रेलियामा कार्यान्वयन हुने यो नयाँ कानुनले अहिलेका लागि रुपर्ट मडोक्स न्युज कर्पलाई सबैभन्दा ठूलो फाइदा पुग्नेछ । यो समाचार एजेन्सीले ठुल्ठूला प्राविधिक कम्पनीविरुद्ध वर्षौँदेखि आवाज उठाउँदै आइरहेको थियो र गत साता मात्र गुगलसँग करोडौँ डलरको सम्झौता गरेको हो । त्यस्तै अन्य ठूला मिडियाहरूले फेसबुकबाट पनि चेक प्राप्त गर्नेछन् । 

तर यसमा साना या क्षेत्रीय समाचार व्यवसायहरूचाहिँ छुट्न सक्ने अस्ट्रेलियन ब्रोडकास्टिङ कोर्पोरेसनले रिपोर्ट गरेको छ । यस्तोमा केही संसदहरूले सबै पैसा एउटैलाई मात्र जाने र विस्तृत मिडिया बजारमा नपुग्नेसम्बन्धी चिन्ता व्यक्त गरिरहेका छन् । त्यसैले पनि अरु देशहरूमा यस किसिमको नीति लागु हुनुअगाडि यो विषयमा पनि ख्याल राख्न जरुरी देखिएको छ ।

अरु देशले के गर्लान् ? कहिले गर्लान् ?
क्यानडासहित अन्य मुलुकहरूले अहिले प्राविधिक कम्पनीमाथि आफ्नै किसिमका कानुन अपनाउन चाहेको बताइरहेका छन् । यो कति समयमा होला भन्नेचाहिँ निश्चित छैन । फेसबुकका कार्यकारी निक क्लेगले यसअघि एक ब्लग पोस्टमा आफ्नो कम्पनी समाचार प्रकाशकहरूसँग सहकार्य गर्न अधिक इच्छुक रहेको बताएका थिए । उनले यसमा आगामी तीन वर्षभित्र समाचार उद्योगमा कम्तीमा पनि एक अर्ब डलरको लगानी गर्ने योजना व्याख्या गरेका हुन् ।

गुगलले पनि यसअघि यही प्रतिबद्धता जनाएको थियो । विज्ञहरूका अनुसार अबको दुई-तीन वर्षमै प्राविधिक कम्पनी र मिडियाबीचको व्यापारिक सम्बन्ध सामान्य बन्न सक्नेछ जसले विश्वभरि संचार कम्पनीहरूलाई आर्थिक रुपमा ठूलो बढावा मिल्ने अपेक्षा गरिएको छ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •