गौतमबुद्ध रंगशालामा ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान: १ लाखमा कुर्सिमा नाम


[ss_social_share]
लेखक : लेखापढी      १७ फाल्गुन २०७७, सोमबार १७:२६ मा प्रकाशित     
गौतमबुद्ध रंगशालामा ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान: १ लाखमा कुर्सिमा नाम

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ”हाम्रो रंगशालामा मेरो कुर्सी” नामक सहयोग अभियान थालनी गर्दैछ । यो अभियान अनुसार रंगशालालाई रु. १ लख सहयोग गरे सर्वसाधारणले कुर्चीमा नाम लेखाउन पाउने छन् ।

फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको छ ।

रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ । ‘हाम्रो रंगशाला मेरो कुर्सी’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था फाउन्डेसनले बताएको छ । यस अभियानबारे विस्तृत जानकारी मोबाइल एप्स, फेसबुक र अन्य सञ्चार माध्यमबाट एक महिनाभित्र सार्वजनिक गरिने फाउण्डेसनले जनाएको छ ।

पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट बढ्दै जान थालेपछि पाउण्डेशनले यस अभियानको सुरुवात गरेको हो ।

फाउण्डेसनले यस अभियानबाट ३० हजारले कुर्सीमा नाम राख्ने र ३ अर्ब संकलन हुने अनुमान गरेको छ ।

भरतपुर नगरपालिकासंगको सहकार्यमा जनस्तरबाट रंगशाला निर्माण भइरहेको छ । २०७५ साल माघ १६ गते भरतपुर महानगर र फाउण्डेसनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।

विस्तृत परियोजना प्रतिवेदनअनुसार रंगशाला निर्माणको कूल लागत ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •