दिल्लीको एम्स अस्पतालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोपको पहिलो डोज लगाएको सामाजिक सञ्जाल ट्वीटरबाट मोदीले जानकारी दिएका छन्।
भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ। भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ। आफूले खोप लगाएपछि मोदी खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह गरेका छन्।
सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप नेपालमा पनि ल्याइएको छ। सुरूमा भारतले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो भने केही दिनअघि सरकारले १० लाख डोज भ्याक्सिन किनेर ल्याएको छ भने बाँकी १० लाख डोज आउने प्रक्रियामा छ।