पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी पुरानो प्राचीन मूर्ति फेला


[ss_social_share]
लेखक : लेखापढी      १६ फाल्गुन २०७७, आईतवार २०:०७ मा प्रकाशित     
पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी पुरानो प्राचीन मूर्ति फेला

सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी पुरानो प्राचीन मूर्ति फेला परेको छ । पोखरी खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ ।
स्थानीय किसुन्दर महतो कोईरीको खेतमा माछापालनको लागि जेसिबी मार्फत पोखरी खन्ने क्रममा प्राचिन विष्णु भगवानको मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताउनुभयो ।
कालो रङ्गको ढुङ्गाको उक्त मूर्तिलाई सोही ठाउँमा रहेको महादेव मन्दिरमा राखिएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।
खेत खन्ने क्रममा ऐतिहासिक सिम्रौनगढ क्षेत्र आसपासमा यसअघि पनि प्राचिन देवी, देउताहरुको मूर्ति फेला पर्दै आएकोले यसको संरक्षणको लागि सरकारले ध्यान दिनुपर्ने माग सिम्रौनगढबासीले गरेकाछन् ।
फेला परेको मूर्ति सात फिट लामो र चार फिट चौडाई भएको १३ औँ शताब्दीको मूर्तिको पुनः प्रतिस्थापनका लागि स्थानीयहरुले सोही वडामै राख्न भित्री रुपमा मनसाय बनाएको वडा नम्बर–४ का वडा अध्यक्ष राजेशप्रसाद यादवले बताउनुभयो ।
ऐतिहासिक तथा वैभवशाली मानिएको सिम्रौनगढ क्षेत्र बाईसे, चौबिसे राज्य मध्ये सबभन्दा ठुलो साम्राज्य भएको राज्य समेत रहेको इतिहासका किताबहरुमा उल्लेख पाईन्छ ।
शताब्दीकै सिम्रौनगढ राज्यमाथि भारतको ठुलो भू–भागमा राज्य गरिरहेका मुस्लिम राजा ग्यासुदिन तुलकले आक्रमण गरेर सिम्रौनगढ क्षेत्रका भव्य संरचना, मन्दिर तथा मूर्तिहरु नष्ट गरेपनि त्यसको पुरातत्विक प्रमाणहरु अझ पाई राखेको छ ।
तत्कालीन समयमा सिम्रौनगढमा राज्य गरिरहेका राजा नरसिंह देव आक्रमण पछि भागेर काठमाडौँ पुगेको कुरा इतिहासमा उल्लेख गरिएको छ । याे समाचार गाेरखापत्र दैनिकमा शिवशंङ्कर मिश्र ले लेखेका छन् । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •