काठमाडौं । ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सले शृंखला खतिवडालाई कम्पनीको सद्भावना दूतमा नियुक्त गरेको छ । २५औं वार्षिकोत्सवका अवसरमा वल्र्डलिंक कम्युनिकेशन्सले खतिवडालाई सद्भावना दूतमा नियुक्त गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत केशव नेपालले नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्र्डलिंक सधैं प्रयासरत रहेको बताए । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।
खतिवडाले वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र नभई डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पुर्याइरहेको संस्था रहेको बताइन् ।