औद्योगिक पार्क ओलीले गरे शिलान्यास: ६४ अर्ब रुपैयाँ बराबर चिनिया सहयोगमा निर्माण


लेखक : लेखापढी      १६ फाल्गुन २०७७, आईतवार १४:१३ मा प्रकाशित     
औद्योगिक पार्क ओलीले गरे शिलान्यास:  ६४ अर्ब रुपैयाँ बराबर चिनिया सहयोगमा निर्माण

काठमाडौँ- प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको दमकमा ६४ अर्ब रुपैयाँ बराबरको औद्योगिक पार्क बन्ने भएको छ । चिनियाँ सरकारको सहयोगमा बन्ने नेपाल–चीन औद्योगिक पार्कको आज प्रधानमन्त्री ओलीले औपचारिक रुपमा शिलान्यास गर्दै छन् । 

 पार्क १ हजार ३ सय बिघा क्षेत्रफल रहने छ । जुन सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्र मध्येको सबैभन्दा ठूलो पार्क हो । झापा दमक नगरपालिका, कमला गाउँपालिका र गौरादह नगरपालिकाको संगम स्थल झर्कामा निर्माण हुन लागेको हो ।

निजि जग्गामा बन्ने उक्त पार्कका लागि सरकारले निजी जग्गाको मुआब्जा वितरण गरि जग्गा अधिग्रहण गर्नेछ । यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा भित्र पर्छ ।

100% LikesVS
0% Dislikes
Spread the love !