मास्टर सेफ युके उपविजेता सन्तोष साह आईपुगे मातृभूमि नेपाल


[ss_social_share]
लेखक : लेखापढी      १४ फाल्गुन २०७७, शुक्रबार ०२:२८ मा प्रकाशित     
मास्टर सेफ युके उपविजेता सन्तोष साह आईपुगे मातृभूमि नेपाल

काठमाडौँ-  मास्टर सेफ युकेमा उपविजेता ‘फस्ट रनरअप’ भएका सन्तोष साह बिहिबार नेपाल आएका छन्। मध्यान्ह काठमाडौं ओर्लिएका साहलाई विमानस्थलमा भव्य स्वागत गरियो। नेपालका सेफ तथा पर्यटन व्यवसायीले स्वागत गरेका हुन्। नेपालमा लामो समयदेखि काम गरेका ‘लेजेन्ड’ सेफ तथा युवा सेफको उपस्थितिले माहोल निकै भावुक बनेको थियो। 

सानै उमेरमा बुवाको साथ गुमाएका साहले १० वर्षका उमेरदेखि काम गर्न थाले। स्थानीय बजारमा प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ।  सिरहा जिल्लाको करजन्हामा जन्मेका साह हाल बेलायतमा बस्छन्। सात दाजुभाइ दिदीबहिनीमध्ये उनी सबभन्दा कान्छो सदस्य हुन्। 

नेपालमा कक्षा १० सम्म पढेका साहले एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात पुगे। उनले अहमदावादको एक रेस्टुरेन्टमा भाडा माझ्ने काम सुरू गरे। एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव उनले सम्हाले। 

कामकै सिलसिलामा पकाउन सिके अनि अङ्ग्रेजी भाषाको ज्ञान पनि लिए। पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उनी एक पाँचतारे होटलको सेफ बने। सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गरे। महोत्सवले साहबारे तारिफ बढ्यो। लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीको सहयोगले सन्तोषलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे। उनी सन् २०१० मा बेलायत गए र एक रेस्टुरेन्टमा काम गरे। बेलायतकै ललित होटल र बनारसमा समेत काम गरे।

सन्तोष साह पाटाको ४४ औं वार्षिक साधारणसभाको प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। उनी नेपाल पर्यटन बोर्डलगायत संस्थाले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्। साह पाँच दिन होटल क्वारेन्टिन बसाइपछि पर्यटकीय गतिविधिमा सक्रिय हुनेछन्। काठमाडौं पार्क भिलेज र टर्किज एयरवेजको सहकार्यमा पाटा नेपालको अग्रसरतामा साह नेपाल आएका हुन्।

नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधामध्ये पाकवान महत्वपूर्ण पाटो बन्न सक्ने भन्ने सन्देश दिनु पनि उनको नेपाल आगमनको उपलब्धि भएको पाटाका कोषाध्यक्ष खेम लकाईँले बताए।

नेपालमा रहदा साहले मौलिक नेपाली खानाहरु खोज तथा प्रबर्दन गर्ने योजना समेत रहेको बताएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •