मन्त्रिपरिषद बैठक आज साझ ५ बजे: प्रम ओली


[ss_social_share]
लेखक : लेखापढी      १४ फाल्गुन २०७७, शुक्रबार १४:३५ मा प्रकाशित     
मन्त्रिपरिषद बैठक आज साझ ५ बजे: प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजेका लागि बोलाइएको हो । मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गरेको थियो । १३ दिनभित्र संसद् बैठक बोलाउनसमेत सर्वोच्चले भनेको थियो ।

ओली समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गरेको थियो । साथै सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न सरकारलाई आदेश दिएको थियो । सो आदेशअनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ ।

हिजो बिहिबार प्रधानमन्त्री ओलीले रास्ट्रपति संग भेट गरेका थिए |

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •