अञ्जु पन्तले थिर कोइरालासंग क्रिस्चियन बिधि अनुसार गरिन चर्चमा बिबाह


[ss_social_share]
लेखक : लेखापढी      १२ फाल्गुन २०७७, बुधबार २१:५५ मा प्रकाशित     
अञ्जु पन्तले थिर कोइरालासंग क्रिस्चियन बिधि अनुसार गरिन चर्चमा बिबाह

काठमाडौं । गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । थीर कोइरालासँग उनले विवाह गरेकी हुन् । पाटनको एक चर्चमा उनीहरुले विवाह गरेका हुन् । अञ्जु र थीर दुवै क्रिस्चियन हुन् । 

केही समय अगाडि थीरले आफूहरु विवाह गर्ने तयारीमा रहेको तर  मिति तय नभइसकेको बताएका थिए । आफूहरु एक वर्षदेखि प्रेम सम्बन्धमा हरेको थीरले बताएका थिए । 

अन्तर्वार्ताका क्रममा केही वर्ष अगाडि उनीहरुबीच चिनजान भएको थियो । थीर अञ्जु पन्त फाउन्डेसनमा सचिवको रुपमा काम गर्दै आएका थिए । इलाम घर भएका थीर दुई दशक यता काठमाडौंमा बस्दै आएका छन् । 

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •