प्रधानमन्त्री केपी शर्मा ओलीले मनाए ७०औ जन्मदिन


प्रधानमन्त्री केपी शर्मा ओलीले मनाए ७०औ जन्मदिन

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन् । 

गत साल हेलिकोप्टरमा जन्मथलो तेह्रथुम पुगेर ठुलो खर्चमा जन्मदिन मनाएका थिए भने यो पटक सामान्य तरिकाले जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले  टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए । सामान्य ढंगले जन्मदिन मनाएका ओलीले आफन्तहरु मार्फत आशिर्बाद र शुभकामना प्राप्त गरेका छन् ।