आईपीओ भर्ने सजिलो तरिका सिक्नुहोस, डिम्याट खाता कसरि खोल्ने?


आईपीओ भर्ने सजिलो तरिका सिक्नुहोस, डिम्याट खाता कसरि खोल्ने?

काठमाडौँ-  हाल नेपालमा सेयर बजारमा लगानी गर्ने सर्बसाधारणहरुको ठुलो जमात देखिएको छ । कलेज पढिरहेका बिधार्थी देखि सर्बसाधारणहरु आईपीओ भर्न आकर्षित रहेको देखिन्छ । नयाँ नयाँ कम्पनीहरुले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरिरहेका छन् । 

आईपीओ खरिद गर्न चाहनेको लागि बैंक खाता र डिम्याट खाता अनिवार्य नै हो । डिम्याट खाता कुनै बैंक वा क्यापिटल मर्चेन्ट (बैंक) गएर खोल्न सकिन्छ ।

पैसा बैंक खातामा राखिन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ । डिम्याट र बैंक खाता खोलिसकेपछि सम्बन्धित बैंकमा गएर सीआस्वा (सीआरएन) दर्ता गर्नुपर्ने हुन्छ । सीआरएन दर्ता गरिसकेपछि ‘मेरो सेयर’ नामक सुविधा लिएर घरमै बसीबसी आईपीओ भर्न सकिन्छ ।

डिम्याट खोलेको बैंक वा क्यापिटलमा मेरो सेयरको फर्म भर्नुभयो भने युजर आईडी र पासवर्ड इमेलमा आउँछ । त्यसकै आधारमा मोवाइल वा कम्प्युटरबाट आईपीओ भर्ने हो ।

अहिले आईपीओमा बढेको आकर्षणले  धेरै सर्बसाधारणले  जानेर आईपीओ आवेदन दिन्छन् भने कतिपयले आफन्त वा साथीभाईहरुको सल्लाहसुझावका आधारमा पनि आईपीओ भर्ने गरेका छन् ।

आईपीओ भर्न मुख्यतया यसरि प्रक्रियागत रुपले जानुस:

१. बैंक खाता खोल्नुहोस 

आईपीओ भर्नका लागि सबै भन्दा पहिला आवश्यक पर्ने भनेको बैंक खाता हो । बैंक खाता नभई तपाईंले यसपछिका प्रक्रियाहरु अघि बढाउन सक्नु हुन्न । बैंक खाता जुनसुकै बैंकको भए पनि हुनेछ । तपाईंसँग बैंक खाता छैन भने बैंक खाता खोल्ने र छ भने तपाईले यसपछिडिम्याट खाता खोल्नुहोस ।

२. डिम्याट खाता यसरि खोल्ने

बैंक खाता छ भने तपाईंले डिम्याट खाता खोल्नु पर्ने हुन्छ । डिम्याट खाता भनेको सेयर राख्ने खाता हो । बैंकमा पैसा राख्नका लागि बैंक खाता खोले जस्तै सेयर राख्नका लागि डिम्याट खाताको आवश्यकता पर्छ ।  डिम्याट खाता खोल्नका लागि मर्चेन्ट बैंक (क्यापिटल)मा सम्पर्क गर्नुपर्ने हुन्छ । सबै मर्चेन्ट बैंकहरु बैंकहरुकै सहायक कम्पनी भएका कारण तपाईंले खाता भएकै बैंक वा अन्य जुनसुकै बैंकमा गएर पनि डिम्याट खाता खोल्न सक्नुहुनेछ ।

३. मेरो सेयर

डिम्याट खाता खोलिसकेपछिको प्रक्रिया भनेको मेरो सेयर सुविधा लिने हो । मेरो सेयर सुविधामार्फत तपाईंले घरमै बसेर आईपीओ भर्न सक्नुहुनेछ । डिम्याट जहाँ खोल्नु भयो त्यहिँ तपाईंले मेरो सेयरको एउटा फारम भर्नुभयो भने तपाईको इमेलमा युजर आईडी र पासवर्ड प्राप्त हुन्छ । मेरो सेयर सुविधा नलिने हो भने तपाईले बैंकमा गएर पनि आईपीओ भर्न सक्नुहुनेछ ।

मेरो सेयर सुविधा लिएमा भने तपाईंले आईपीओ भर्नका लागि बैंकसम्म पुग्नु पर्दैन । यसका लागि तपाईंले सीआस्वा -सीआरएन) दर्ता भने गर्नु पर्ने हुन्छ । बैंकमा गएर सीआरएनको एउटा फारम भरेर बुझाए तपाईलाई बैंकले सीआरएन नम्बर (CRN NUMBER) दिनेछ । त्यो नम्बर तपाईंले सुरक्षित राख्नुपर्छ ।

यसपछिको प्रक्रिया

‘मेरोसेयरडटसीडीएससीडटकमडटएनपी’ (meroshare.cdsd.com.np) खोलेर वा मोवाइलमा मेरो सेयर एप डाउनलोड गरेर युजर आईडी राख्र्नुपर्छ । तपाईंलाई इमेलमा उपलब्ध भएको पासवर्ड अब परिवर्तन गर्नु पर्ने हुन्छ । आफूले चाहेको पासवर्ड राख्नुपर्छ ।

तपाईंलाई पुनः ४ अंकको पिन कोड बनाउनु पर्नेछ । आफ्नो इच्छा अनुसार चार अंकको पिन कोड राख्ने । 

यति भएपछि तपाईंको ‘मेरो सेयर’ खुल्नेछ । त्यसपछि ‘माई आस्वा’ ब्लकमा क्लिक गरिसकेपछि करेन्ट इस्यु, अप्लाई फर इस्यु, एप्लिकेसन रिपोर्ट र ओल्ड एप्लिकेशन रिपोर्ट लेखिएको देख्नुहुनेछ ।

‘अप्लाइ फर इस्यु’ मा क्लिक गरेपछि कुन कम्पनीको आईपीओ खुलेको छ, त्यहाँ देखिनेछ । जस्तो अहिले माथि फोटोमा ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ खुलेको छ । ग्रीनलाईफ लेखेको छेउमा अप्लाई भन्ने अप्सन छ, त्यहाँ क्लिक गर्नुस् ।

अब तपाईंले बैंक छान्नुहोस् । बैंक छानेपछि बैंक शाखा र खाता नम्बर आफै आउँछ । अब तपाईंको इच्छा अनुसार ‘अप्लाई कित्ता’ गएर कति कित्ता भर्ने हो लेख्नुस् । भर्न चाहेको कित्ता राखेपछि आफैं रकम देखाउछ । रकम भन्दा तल बैंकबाट लिएको सीआरएन नम्बर राख्नुहोस् ।

त्यहाँ शर्त राखिएको हुन्छ । टिक लगाएर प्रोसेस्ड गरेपछि चार अंकको पिन नम्बर माग्छ । त्यो पिन नम्बर हालेर ‘ओके’ गरेपछि तपाईंको आईपीओ स्वीकृत भएको संकेत त्यहिँ आउनेछ । तपाईंले आवेदन दिएको बारे ‘एप्लिकेसन रिपोर्ट’ भन्ने अप्सनमा गएर हेर्न सक्नुहुनेछ ।
(तपाईहरुको प्रतिक्रियाका आधारमा थप जानकारी गराउने छौ)