संसद् विघटनको बहसको निष्कर्षलाई मध्यनजर गर्दै सुरक्षा निकाय ‘हाई अलर्ट’मा


[ss_social_share]
लेखक : लेखापढी      ११ फाल्गुन २०७७, मंगलवार १६:०१ मा प्रकाशित     
संसद् विघटनको बहसको निष्कर्षलाई मध्यनजर गर्दै सुरक्षा निकाय ‘हाई अलर्ट’मा

काठमाडौं । सरकारको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो । सर्वोच्च अदालतमा संसद् विघटनबारे पक्ष–विपक्षको बहस सकिएको छ । यो सँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा बसेका छन् । 

आउँदो शुक्रबारसम्म सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश वा विघटनलाई नै सदर सम्बन्धमा फैसला सुनाउने बताइएको छ । यस्तोमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको उच्च सुरक्षा अधिकारी बताउँछन् ।

चारवटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएका छन् । प्रहरीका एक उच्च अधिकारीले भने, “राजनीतिक रूपमा घटनाक्रम अस्वाभाविक रूपमा देखिन सक्छन् । यसका लागि हामी तयार छौँ । शान्ति सुरक्षामा असर नपरोस् भन्नेतर्फ सचेत छौँ ।”

आफूहरुको विपक्षमा फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीसहित प्रचण्ड–नेपाल समूहले पनि बताइसकेको छ । अबको एक साता भित्र ठुलो उथलपुथल हुने सम्भावना देखिएको छ जसका लागि सुरक्षा निकाए अलर्ट रहको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •