पाल्पाको रानीमहल ‘हनिमुन गन्तब्य’ होटेल बनाउन प्रस्ताव


पाल्पाको रानीमहल ‘हनिमुन गन्तब्य’ होटेल बनाउन प्रस्ताव

काठमाडौं । पाल्पा मा रहेको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्र संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो ।

तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल (हान)  आफैं पनि यो प्रस्तावको पक्षमा छैन ।

स्तो संरचनालाई बचाएर आसपासमा व्यापारिक प्रयोजनका संरचना बनाएर पर्यटक आकषिर्त गर्न सकिने होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘दरबारमा होटेल बनेका छन्, तर व्यक्तिगत सम्पत्तिमा’, उनले भने ‘यो त सार्वजनिक सम्पत्ति हो, भारतको ताजमहलको अवधारणामा बनेको रानीमहल आफैंमा होटेल बनाउन मिल्दैन ।’

रानीमहल पश्चिम नेपालको इतिहास भएको भन्दै उनले पर्यटकलाई रानीमहलसम्म पुग्ने वातावरण बनाउन आसपासमा ठूला होटेल र पर्यटकीय संरचना बनाउन सकिने सुझाव दिए ।

‘ताजमहललाई होटेल बनायो भने कति पर्यटक जालान ? तर भारतले त्यसो गर्दैन, उनी भन्छन्, ‘सम्पदाभित्र होटेल बनाउने होइन, ‘सम्पदा देखाएर आसपासमा होटेल चल्ने वातावरण बनाउनु पर्‍यो ।’