मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      १० फाल्गुन २०७७, सोमबार १५:४७ मा प्रकाशित     
मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु

मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा दुर्घटना हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ । 

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आइतबार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा भएको थियो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •