काठमाडौँ – हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगानीकर्ताहरु आकर्षित भएका हुन्।
३४० रुपैयाँमा पहिलो कारोबार भएको NIFRA को शेयर अहिले ६६० रुपैयाँमा कारोबार भइरहेको छ। पहिलो कारोबार दिनदेखि नै यस कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको हो। बैंकको मार्केट डेप्थ हेर्ने हो भने पनि दैनिक सर्किट मूल्यमा लाखौँ खरिद आदेशहरु देखिन्छन्।
आज सर्किट लेभल अर्थात ६६० रुपैयाँमा मात्रै १० लाख १६ हजार कित्ता खरिद छ। खरिदकर्ताहरु उक्त मूल्यमै तारे रहे पनि बिक्रिकर्ताहरु अझै बिक्रि गर्न तयार देखिदैनन ।