दैजी छेला औद्योगिक क्षेत्र निर्माण गरिने, नौ अर्ब लगानी


[ss_social_share]
लेखक : लेखापढी      १० फाल्गुन २०७७, सोमबार १७:३० मा प्रकाशित     
दैजी छेला औद्योगिक क्षेत्र निर्माण गरिने, नौ अर्ब लगानी

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला विसं २०५२ सालमा औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । अबको पाच वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि नौ अर्ब रुपैया लगानी लाग्ने जनाएको छ ।

 
बेदकोट नगरपालिकाले औद्योगिक क्षेत्रका लागि नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।

यस अघिनै जनचेतना सामुदायिक वनको दुई सय हेक्टर र बेदकोट सामुदायिक वनको ४५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोे उच्च्स्तरीय टोलीले दुई पटक अनुगमन गरी विसं २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो ।

दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो । त्यसपछि आव २०७१\७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो ।
सो औद्योगिक क्षेत्रलाई प्रदेशकै गौरवको योजनाका रुपमा लिइएको नेकपाका केन्द्रीय सदस्य कृपाराम राना बताउँछन् ।  उनले भने, “रोजगारीका अवसरसमेत सिर्जना हुन्छन् ।”
 
“वन मन्त्रालयबाट भोगाधिकारका लागि जग्गाको स्वीकृति पश्चात वातावरणीय प्रभाव मूल्याङ्कनसँगै डिपिआर निर्माणको कार्य पूरा भएपछि आद्यौगिक क्षेत्र स्थापनाको कार्य अगाडि बढेको छ । औद्योगिक क्षेत्रको शिलान्यास हुने भएपछि यसले गति लिनेमा ढुक्क छौं ।” 
औद्योगिक क्षेत्र पुग्ने पहुँच मार्ग निर्माणका लागि बेदकोट नगरपालिकाले काम अगाडि बढाएको छ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •