ज्योति लाइफले ६६ करोडको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति प्राप्त


[ss_social_share]
लेखक : लेखापढी      १० फाल्गुन २०७७, सोमबार ०१:०० मा प्रकाशित     
ज्योति लाइफले ६६ करोडको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति प्राप्त

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फागुन ७ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

कम्पनीले २०७७ माघ ९ गते जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँको ३० प्रतिशले हुन आउने ६६ करोड रुपैयाँबराबरको साधारण सेयर बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल तोकिएको छ ।

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।  
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ रेटिङ पाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •