पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने मूल नारा सहित आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ।
भीमदत्त नगरपालिकाको आयोजनामा आइतबारदेखि सञ्चालन भएको चौथो शुक्लाफाँटा पर्यटन महोत्सव एक हप्तासम्म सञ्चालन हुनेछ । महोत्सवको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका हुन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित सुदूरपश्चिम क्षेत्रका विभिन्न धार्मिक तथा अन्य पर्यटकीय क्षेत्रको समेत महोत्सवका समयमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ।
महोत्सवका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा सहभागीलाई जानकारी पनि गराइने आयोजकले जनाएको छ।
फागुन १५ गतेसम्म महाेत्सव चल्ने छ ।