प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस


[ss_social_share]
लेखक : लेखापढी      ९ फाल्गुन २०७७, आईतवार १९:१२ मा प्रकाशित     
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा राईविरुद्ध नेकपा दाहाल–नेपाल समूहका सांसद इन्द्र आङ्बो र लक्षुमन तिवारी समर्थक रही अविश्वास प्रस्ताव पेस भएको हो ।

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची तय गरेका थिए । 

आइतबार बसेको बैठकमा सभामुखले समय दिएपछि मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले टेबुल गरेका हुन् । तर बैठकमा मन्त्री, सत्तापक्षका सांसदहरु भने उपस्थित थिएनन् ।

आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।

 
50% LikesVS
50% Dislikes
Spread the love !
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares